२०८२ चैत ३० सोमवार , ०७:०१:२१ बजे

Sajhamanch
'

घरजग्गा कारोबारमा सुधार, मधेशबाहेकका प्रदेशमा १० आनासम्मका प्लटहरूको कारोबार धेरै

सोमवार, चैत ३०, २०८२

काठमाडौं । घरजग्गा बजारमा सुधारको सङ्केत देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर तयार गरेको प्रतिवेदनअनुसार उतारचढावसहित कारोबारमा वृद्धि हुन थालेको देखिएको हो ।

प्रतिवेदनअनुसार वर्षको पहिलो त्रैमासमा कारोबार कम हुने र तेस्रो तथा चौथो त्रैमासमा उल्लेखनीय रूपमा बढ्ने गरेको छ । प्रदेशगत रूपमा कारोबार सङ्ख्यामा मधेश प्रदेश अगाडि छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा कारोबार कम देखिएको छ ।

क्षेत्रफलको आकारका आधारमा महानगर तथा उपमहानगर क्षेत्रमा ५ देखि १० आना क्षेत्रफलका प्लटमा सबैभन्दा धेरै कारोबार भएको छ । धेरैजसो प्रदेशमा साढे २ देखि १० आना क्षेत्रफलका घडेरी धेरै किनबेच हुने गरेका छन् भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका ठूला प्लटमा कारोबार धेरै देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२ दशमलव ४१ प्रतिशत र आवासीय कर्जा ६१ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।

घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकमा २३ अर्ब ७ करोडसम्म पुगेकोमा त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासिकमा ८ अर्ब २० करोड रुपैयाँमा झरेको थियो । पछिल्लो अवधिमा पुनः सुधार भई २०८१//८२ मा झन्डै १५ अर्ब रुपैयाँसम्म पुगेको छ ।

सम्बन्धित खबर