२०८२ चैत ३० सोमवार , ०१:५६:२९ बजे

Sajhamanch
'

झापा गौरीगञ्जकी १२ वर्षीया बालिका बेपत्ता

सोमवार, चैत ३०, २०८२

झापा । झापाको दमकबाट एक १२ वर्षीया बालिका बेपत्ता भएकी छन् । गौरीगंज गाउँपालिका-६, कंचिरा निवासी १२ वर्षीया पुष्पा दर्जी शुक्रवारदेखि बेपत्ता भएकी हुन् ।

शुक्रवार बिहान करिब १० बजे बिर्तामोडको चारपानेस्थित आफ्नी फुपू ओमा दर्जीको घरबाट कमल-५ स्थित आन्टीको “घर जान्छु” भनी उनी निस्केकी थिइन्। उनी आन्टीको घर नगई दमक बसपार्कबाट सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ ।

पुष्पाकी दिदी सलिना दर्जीले आफ्‌नो बहिनीको अपहरण भएको हुनसक्ने आशङ्का गरेकी छन् । प्रहरीले बालिकाको खोजी कार्य तीव्र बनाइएको बताएको छ ।

सम्बन्धित खबर