२०८२ चैत २९ आइतवार , ०४:१९:२५ बजे

Sajhamanch
'

क्यानले करण केसीलाई कारबाही गर्‍यो, एक खेलमा प्रतिबन्ध र १०० प्रतिशत ‘म्याच फी’ जरिवाना

आइतवार, चैत २९, २०८२

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत अभिव्यक्ति दिएको भन्दै क्यानले करणलाई प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको एक खेलमा प्रतिबन्ध र १०० प्रतिशत ‘म्याच फी’ जरिवाना जरिवाना गर्ने निर्णय गरेको हो । क्यानको निर्णयसँगै नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप क्रिकेटमा खेल्दै आएका उनले आज सुदूरपश्चिम प्रदेशसँगको खेल गुमाएका छन् ।

करणले हिजो सामाजिक सञ्जालमा ‘यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला ?’ भनेर लेखेका थिए । करणको यो अभिव्यक्तिप्रति नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स सङ्घले आपत्ति जनाएको थियो ।

त्यसपछि हिजै करणले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका थिए ।

सम्बन्धित खबर