२०८२ चैत २९ आइतवार , ०१:२१:२६ बजे

Sajhamanch
'

इन्धन अभावको असर : सुस्तायो काँकडभिट्टा–लौकही सडक निर्माण

आइतवार, चैत २९, २०८२

झापा । मध्यपूर्वमा देखिएको तनावका कारण पेट्रोलियम पदार्थको अभाव हुँदा निर्माणाधीन काँकडभिट्टा–लौकही सडक आयोजनाको काम सुस्त बनेको छ ।

पूर्वी खण्डमा काम गरिरहेको इभ्रास्कन कालिका जे.भी.का प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंका अनुसार स्टकमा रहेको बिटुमिन १०–१५ दिनमात्र पुग्ने अवस्था छ ।

वर्षाअघि पहिलो लेयर कालोपत्र गर्न २२ किलोमिटर सडकमा बेस बिछ्याइसकिएको भए पनि महँगो मूल्यमा खरिद गरिएको बिटुमिन पर्याप्त नरहेको प्रसाईंले जानकारी दिनुभयो । थप समस्याको रूपमा नेपाल आयल निगमले डिजेलमा लगाएको कोटा प्रणालीले पनि काम अवरुद्ध बनाएको उहाँले बताउनुभयो ।

आयोजनाका योजना प्रमुख सिडिई सुनिलबाबु पन्तका अनुसार मध्यपूर्वको तनाव नरोकिए सडक निर्माण हप्ता–दश दिनमै ठप्प हुने अवस्था छ । काकडभिट्टादेखि सीतापुरीसम्म ४५ किलोमिटर लामो यो सडक १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको छ ।

सम्बन्धित खबर