२०८२ चैत २९ आइतवार , ०१:२१:१९ बजे

Sajhamanch
'

७ हजार ६४८ विपद्का घटना हुँदा सबैभन्दा बढी आगलागीका

आइतवार, चैत २९, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १ वर्षमा ७ हजार ६४८ वटा विपद्का घटना भएका जनाएको छ ।

यसमध्ये आगलागी र डढेलोका घटना सबैभन्दा बढी छन् । आवश्यक सावधानी नअपनाउदा, जनचेतनाको अभाव, वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्तिका कारण आगलागी तथा डढेलोका घटना बढेको प्राधिकरणको भनाइ छ ।

गएको वैशाखदेखि चैतसम्मको अवधिमा देशभर आगलागीका ३ हजार ७२० वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १०५ जनाको ज्यान गएको छ ।

प्राधिकरणले आगलागीबाट जोगिन विशेष सावधानी अपनाउन, प्रज्वलनशील पदार्थ आगोले छुने ठाउँभन्दा पर राख्न, विशेष सचेतना अभियान सञ्चालन गर्न, आगलागी हुन नदिन अन्य उपाय सञ्चालन गर्न समेत सबैमा अनुरोध गर्दै आएको छ ।

सुक्खा मौसममा आगलागीका घटना बढी हुने भएकाले सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयले डढेलो तथा आगलागीका घटना नियन्त्रणका लागि आफ्ना निकायलाई परिचालन गरेको जनाएको छ ।

सम्बन्धित खबर