२०८२ चैत २७ शुक्रवार , ०५:१६:२० बजे

Sajhamanch
'

आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन हुने

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

यसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति मार्फत दुई दिने बिदाका कारण सेवा प्रवाहमा असर परेको भन्दै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई विशेष व्यवस्था गर्न आग्रह भनेको छ ।

मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि कामको भार र जनशक्तिको आधारमा ओपीडी सेवा सञ्चालन गर्न भनेको छ । साथै, कर्मचारीहरूलाई अन्य दिन बिदा मिलाएर दिने व्यवस्था गर्न भनिएको छ । यदि यस्तो व्यवस्था सम्भव नभएमा सट्टा बिदा उपलब्ध गराउन पनि मन्त्रालयले भनेको छ ।

यस्तै, प्रादेशिक अस्पतालहरूमा पनि त्यही अनुसार जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर रूपमा सञ्चालन हुने विश्वास लिएको छ ।

सम्बन्धित खबर