
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गमा पर्ने रुख कटानको काम सम्पन्न भएको छ ।
राजमार्ग योजना कार्यालय झापा दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन् ।
राजमार्ग योजना कार्यालयकी इञ्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख कटान भइसकेको जानकारी दिनुभयो ।
सबैभन्दा बढी सुनसरी जिल्लामा पाँच हजार ५००, इलाममा तीन हजार ३६६, झापामा दुई हजार ८०५ र मोरङमा दुई हजार १६३ रुख काटिएको इञ्जिनियर भट्टराईले जानकारी दिनुभयो ।
सडक रेखाङ्कनभित्र पर्ने रुख काटिएसँगै हालती रुखहरूको घाटगद्दी गर्ने र नम्बरिङ गर्ने कार्यलाई तीव्रता दिइएको छ ।


