
झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र विस्तारित बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आफ्ना महिला शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक तालिम प्रदान गरिरहेको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिद्वारा आज गोलधाप र विर्ताबजार सेवाकेन्द्रका महिला शेयर सदस्यहरुका लागि २ दिवसीय कपुर धुप बाती बनाउने सिपमुलक तालिम संचालन गरेको हो ।

केही दिन पहिले धुलाबारीमा आसपास सेवा केन्द्रका महिला शेयर सदस्यलाई तालिम दिइएको थियो भने अब केही दिन पछि नै शनिश्चरे भूगोलमा यस्तै सिपमुलक तालिम दिइने संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जनाउनु भएको छ ।






