२०८२ चैत २८ शनिवार , ०३:४३:२६ बजे

Sajhamanch
'

माइतीघरमा अभियानकर्मीको प्रश्न– ‘नागरिकका लागि सिंहदरबारको ढोका किन बन्द’

बिहिवार, चैत २६, २०८२

काठमाडौं । चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले चुरे तथा वन जङ्गल संरक्षणको माग गर्दै काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।

वन जङ्गलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्वासीहरूको भूमि अधिकार र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा आएका हुन् । उनीहरूले चुरे क्षेत्रको विनाश रोक्नुपर्ने, सिर्सिया नदीको बढ्दो प्रदूषण र अतिक्रमण नियन्त्रण गर्नुपर्ने तथा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूलाई कानूनी दायरामा ल्याई बन्द गर्न सरकारसँग उनीहरूकाे माग छ ।

अभियानकर्मीहरूले  नागरिककाे सरकार नागरिकका लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार ? जस्ता प्रश्नहरू लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले हातमा सरकारलाई बुझाउन तयार पारिएका ध्यानाकर्षण पत्रहरू पनि बोकेका छन् । चुरे संरक्षण अभियानले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन गरिराख्ने चेतावनी दिएको छ ।

सम्बन्धित खबर