
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला सफा छ । तर कोशी प्रदेशसहितका केही ठाउँमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित गण्डकी र बागमती प्रदेशका पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिनभर र राति पनि कोशी प्रदेशको पहाडी र हिमाली थोरै ठाउँ तथा बाँकी हिमाली भू–भागका एक–दुई ठाउँमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि पनि कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा हावाहुरीकोको सम्भावना छ । पर्सि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै ठाउँमा हरुमा तथा बाँकी हिमाली तथा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पर्सि सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


