२०८२ चैत २६ बिहिवार , ०१:४५:३८ बजे

Sajhamanch
'

आर्टिमिस–२ मिसनबाट अन्तरिक्षयात्रीहरू फर्किँदै

बिहिवार, चैत २६, २०८२

काठमाडौं । नासाको महत्वाकांक्षी चन्द्र अभियान आर्टिमिस–२ अन्तिम चरणमा प्रवेश गरेको स्पेश डट कमले जनाएको छ । अप्रिल १ अर्थात् गएको चैत १८ गते चन्द्रमातर्फ गएको यस मिसनमा चार जना अन्तरिक्षयात्रीहरू १० दिनको चन्द्र परिक्रमा यात्रामा छन् ।

यो सन १९७२ पछि पहिलो पटक मानिसलाई चन्द्रमा नजिक पुर्‍याउने ऐतिहासिक उडान हो । यस क्रममा यात्रीहरूले अन्तरिक्ष विकिरण परीक्षण, म्यानुअल उडान अभ्यास र विभिन्न वैज्ञानिक गतिविधिहरू सम्पन्न गरेका छन् ।

आर्टिमिस–२ को अधिकतम गति झण्डै ३४ हजार ९६५ फिट प्रति सेकेन्ड रहने अनुमान गरिएको छ । यो यान अप्रिल १० अर्थात् भोलि शुक्रबार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछ र त्यसको केही समयपछि प्रशान्त महासागरमा अवतरण हुनेछ । त्यसपछि टोलीलाई उद्धार गरी स्वास्थ्य परीक्षणका लागि लगिनेछ ।

यो मिसन मानव अन्तरिक्ष अन्वेषणको नयाँ युगको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।