
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका–इरान युद्धविराम घोषणाको स्वागत गर्दै थप वार्ताका लागि आफ्नो देशमा आउन आह्वान गरेका छन्। सबै विवादहरू समाधान गर्न थप वार्ताका लागि अमेरिका र इरानको नेतृत्वलाई आफ्नो देशमा आउन उनले आमन्त्रित गरेका हुन्। ‘म यस विवेकपूर्ण इशारालाई हार्दिक स्वागत गर्दछु र दुवै देशको नेतृत्वप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु,’ शरीफले एक्समा लेखेका छन्।
उनका अनुसार अमेरिका र इरानबीच शुक्रबार अर्थात् अप्रिल १० मा इस्लामाबादमा वार्ता हुनेछ। ‘हामी इस्लामाबाद वार्ता दिगो शान्ति प्राप्त गर्न सफल हुने आशा गर्दछौं र आगामी दिनहरूमा थप राम्रो समाचार साझा गर्न चाहन्छौं,’ उनले लेखेका छन्।पाकिस्तानले तेहरान र वाशिंगटनसँगको आफ्नो स्थिर सम्बन्धको फाइदा उठाउँदै द्वन्द्वमा शान्ति दूतको रूपमा आफूलाई स्थापित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। एजेन्सी


