२०८२ चैत २४ मङ्गलवार , ०३:१९:३१ बजे

Sajhamanch
'

गाडीको नयाँ लाइसेन्स अब २४ घण्टामै, पुराना लाइसेन्स असार मसान्तभित्रै छाप्ने तयारी

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागू गरेको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापिने भएको छ । यातायात व्यवस्था विभागबाट डाटा प्राप्त हुनासाथ सुरक्षण मुद्रण केन्द्रले २४ घण्टाभित्र कार्ड छपाइ गरी विभागलाई उपलब्ध गराउनेछ ।

यो व्यवस्थापछि अब नयाँ आवेदकहरूले लाइसेन्स कार्डका लागि लामो समय कुर्न नपर्ने मन्त्रालयले जनाएको छ ।

साथै लामो समयदेखि छाप्न बाँकी रहेका करिब २९ लाख पुराना लाइसेन्सहरू पनि आउँदो असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित खबर