२०८२ चैत २४ मङ्गलवार , ०१:२९:४० बजे

Sajhamanch
'

वैदेशिक रोजगारीमा जाँदा थप कागजात अनिवार्य राख्नुपर्ने

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अनिवार्य रुपमा आफूसँग थप कागजात राख्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले विज्ञप्ति निकालेर आउँदो चैत २९ गतेदेखि हवाई टिकट र टिकटको बिल र म्यानपावर कम्पनीमार्फत जाने भए बुझाएको सेवा शुल्क बापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो ।

सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचर/रसिद/भरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन समेत विभागले अनुरोध गरेको छ ।

सम्बन्धित खबर