२०८२ चैत २३ सोमवार , ०१:२०:११ बजे

Sajhamanch
'

हर्मुज जलमार्ग खोल्नेबारे इरानको नयाँ शर्त

सोमवार, चैत २३, २०८२

झापा । इरानले हर्मुज जलमार्ग खोल्नका लागि नयाँ सर्त अघि सारेको छ । जलमार्गबाट संकलन हुने ट्रान्जिट शुल्कको केही हिस्सा युद्धबाट भएको क्षतिपूर्तिमा प्रयोग गरिनुपर्ने इरानले शर्त अघि सारेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै इरानले मध्यपूर्व क्षेत्रमा तनाव र युद्ध भड्काएको आरोप लगाएको छ । इरानले ट्रम्पको भनाइलाई अपमानजनक र आधारहीन समेत भनेको छ ।

यसैबीच, ट्रम्पले अमेरिकी सञ्चारमाध्यम फोक्स न्यूजसँगको कुराकानीमा इरानसँग सम्झौताको सम्भावना अझै बाँकी रहेको बताउनु भएको छ । यसअघि उहाँले ४८ घण्टाको समयसीमा दिँदै यो अवधिभित्र सहमति नभए कडा कदम चाल्ने चेतावनी दिनुभएको थियो ।

ट्रम्पको चेतावनीमा तेल नियन्त्रणदेखि ठूला आक्रमणसम्म हुन सक्ने संकेत देखिएको खबरमा उल्लेख छ । इरानको नयाँ शर्त र अमेरिकी चेतावनीको समयसीमा आज सकिंदै गरेकोले मध्यपूर्व युद्धबारेको नयाँ घटनाक्रम विकसित हुने अनुमान छ ।

सम्बन्धित खबर