
काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।
सत्तापक्षसँग संसद्मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।
‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उहाँले भन्नुभयो ।
नेकपा (एमाले)ले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन । एमालेका सांसद गुरुप्रसाद बरालले आफूहरू छलफलमा रहेको बताउनु भयो ।
‘हामी सचिवालय बैठक बस्दैछौं । उक्त बैठकपछि यो विषयमा एउटा निर्णयमा पुग्छौं,’ उहाँले भन्नुभयो ।
सभामुख पदमा रास्वपाका छलफलबाट डोलप्रसाद अर्यालको उम्मेदवारी परिसकेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ सिट रहेको छ । रास्वपाको सुविधाजनक बहुमत भएकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।


