
काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स देशभित्र पठाएका छन् ।
नेपाल राष्ट्र बैंकको विवरणअनुसार रेमिट्यान्स आप्रवाहमा ३७.७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । गएको फागुनमा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको यही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ बराबर थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ ।


