२०८२ चैत १९ बिहिवार , ०६:११:५२ बजे

Sajhamanch
'

राजस्व चुहावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन अर्थ र गृहमन्त्रीको निर्देशन

बिहिवार, चैत १९, २०८२

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा राजस्व चुहावटका रोक्नका लागि विभिन्न विभागहरूले गरिरहेका कामका बारेमा सम्बन्धित निकायका प्रमुखहरूले जानकारी गराएका थिए ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनु भएको थियो ।

त्यस्तै मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनका केन्द्रीत हुन समेत निर्देशन दिनुभएको अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

‘माननीय गृहमन्त्री र अर्थमन्त्रीज्यूले स्पष्ट निर्देशन दिनुभएको छ, जिरो टोलरेन्समा काम गर्ने भनेर । बोर्डरहरूलाई सुक्ष्म निगरानीमा राख्ने, बोर्डर भित्र र बाहिर जहाँसुकैबाट हुने राजस्व चुवावटलाई नियन्त्रण गर्न प्रभावकारी बनाएर जाने भन्नुभएको छ,’ पाण्डेयले भन्नुभयो ।

राजस्वको लक्ष्यमा पुग्नका लागि टास्क फोर्स गठन गरेर कार्ययोजनाका साथ नजिता देखिने गरि काम गर्ने र अर्को बैठकमा समिक्षा गर्ने गरि बैठक सकिएको प्रवक्ता पाण्डेयले बताउनु भयो ।

बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लािग सम्बन्धित निकायमा पठाउने पनि उहाँले बताउनु भयो ।

बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखका साथै तीनवटै सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थीति रहेको थियो ।

सम्बन्धित खबर