२०८२ चैत १७ मङ्गलवार , ०६:२९:१३ बजे

Sajhamanch
'

नेपाल एअरलाइन्सले काठमाडौं–दिल्ली रुटमा उडान थप्यो

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । नेपाल वायुसेवा (नेपाल एअरलाइन्स) निगमले काठमाण्डौ–दिल्ली–काठमाडौं उडान सेवा विस्तार गरेको छ ।

अहिले काठमाण्डौ–दिल्ली–काठमाडौं दैनिक एक उडान हुँदै आएकोमा अब हप्ताको तीन दिन उडान थप भएको निगमले जनाएको छ । यसअनुसार अब हप्तामा नियमित ७ सहित काठमाडौं–दिल्ली–काठमाडौं १० वटा उडान सञ्चालन हुनेछ ।

यात्रुको बढ्दो चाप र उडानको मागअनुसार हप्तामा तीन दिन उडान थप गरिएको निगमका सूचना अधिकारी देवेन्द्र पुनले जानकारी दिनुभयो । थप गरिएको उडान तालिकाअनुसार काठमाण्डौ–दिल्ली तथा दिल्ली–काठमाडौं मङ्गलवार, बिहीवार र शनिवार रहेको छ ।

सम्बन्धित खबर