२०८२ चैत १७ मङ्गलवार , ११:३८:३६ बजे

Sajhamanch
'

यी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, मंगलबार (चैत्र १७) दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीरअसिनासहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

राति, कोशी प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसीलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर