२०८२ चैत १६ सोमवार , ०६:२०:५६ बजे

Sajhamanch
'

केर्खामा एक नवजात शिशु मकैबारीमा फेला

सोमवार, चैत १६, २०८२

एआईले बनाएको सांकेतिक तस्वीर

कमल । यहाँस्थित केर्खामा मकैबारीभित्र बेवारिस अवस्थामा एक नवजात शिशु फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब ६ः१० बजे स्थानीय एक व्यक्तिको घर नजिकै रहेको करेसाबारी भित्रको मकैबारीमा नवजात बालिका शिशु भेटिएको हो ।

कमल ३ केर्खाका बासिन्दा ४८ वर्षीय लीलाराज थापाले शिशुलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले स्थानीयबासीको उपस्थितिमा शिशुको उद्धार गरेको प्रहरीको भनाई छ ।

उद्धारपछि शिशुलाई उपचारका लागि दमकस्थित किओच बाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हाल शिशुको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीले शिशुको आमा तथा सम्बन्धित व्यक्तिको पहिचान र खोजतलास कार्य तीव्र पारेको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित खबर