२०८२ चैत १५ आइतवार , १२:१५:३१ बजे

Sajhamanch
'

आज पनि मौसम बदली : केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

आइतवार, चैत १५, २०८२

काठमाण्डौ । आज पनि देशका धेरै ठाउँमा मौसम बदली छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशभर बादल लागेको छ ।कोशी र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भाग तथा अन्य प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी र हिमाली भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएराति र हिजो पनि काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो ।

सम्बन्धित खबर