२०८२ चैत १२ बिहिवार , ११:३०:५० बजे

Sajhamanch
'

वाग्मतीसहित यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बिहिवार, चैत १२, २०८२

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, बिहीबार (चैत १२) देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित खबर