२०८२ चैत ९ सोमवार , ०३:०५:११ बजे

Sajhamanch
'

मोरङको सुन्दरहरैँचामा युवक मृत फेला

सोमवार, चैत ९, २०८२

विराटनगर । मोरङको सुन्दरहरैँचा–२ मा युवक सडक छेउको नालीमा मृत फेला परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–२ का ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारी हिमाल चोकस्थित सडक छेउको नालीमा भेटिएका हुन् । आज बिहान सडक छेउको घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार अधिकारीको शव नालीभित्र भेटिएको हो भने घटनास्थलनजिकै एउटा साइकल फेला परेको छ । रातका समयमा साइकल चढेर घर जाने क्रममा उनी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

सोमवार, चैत ९, २०८२ | समाज