२०८२ चैत ८ आइतवार , ०१:१८:५७ बजे

Sajhamanch
'

स्ट्रेट अफ हर्मुजमा व्यापारिक जहाजमाथि भएका आक्रमणको २२ वटा देशद्वारा कडा निन्दा

आइतवार, चैत ८, २०८२

झापा । संयुक्त अरब इमिरेट्स (यूएई)को पहलमा २२ वटा देशहरूले स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यापारिक जहाजमाथि भएका आक्रमण कडा शब्दमा निन्दा गरेका छन् । यी देशहरूले संयुक्तरुपमा इरानका गतिविधिले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षामा गम्भीर असर पारेको बताएका छन् ।

यूएई, बेलायत, फ्रान्स, जर्मनी, जापान, क्यानडा, अस्ट्रेलिया लगायत देशहरूले हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । ती देशहरूले व्यापारिक जहाजहरू र विशेष गरी तेल तथा ग्याससम्बन्धी संरचनामाथि गरिएका आक्रमणको विरोध गरेका छन् ।

समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त भएको र यस्ता गतिविधिले विश्वभरका मानिसहरू, विशेष गरी कमजोर अवस्थाका समुदायहरूलाई असर पारेको उल्लेख छ । ती देशहरूले सुरक्षित समुद्री आवागमन सुनिश्चित गर्न आवश्यक सहयोग गर्न तयार रहेको पनि जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यही क्षेत्रमा सुरक्षा कायम गर्न विभिन्न देशलाई युद्धपोत परिचालन गर्न आह्वान गर्नुभएको थियो । यस घटनाले मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र विश्वव्यापी व्यापारिक मार्गको सुरक्षाबारे थप चिन्ता पैदा गरेको छ ।

सम्बन्धित खबर