२०८२ चैत ३ मङ्गलवार , ०१:५७:२१ बजे

Sajhamanch
'

इरानी आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिकरुपमा खुल्यो

मङ्गलवार, चैत ३, २०८२

झापा । इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिक रुपमा खुलेको छ । यसअघि युएईको नागरिक उड्डयन मन्त्रालयले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको जनाएको थियो ।

हिजो सोमवार पनि बन्द रहेको हवाई क्षेत्र खुला भएर इतिहाद र ईमिरेट्स वायुसेवाले उडान शुरु गरेको केही समयपछि पुनः हवाई क्षेत्र बन्द गरिएको थियो । बन्द गरिएको हवाई क्षेत्र खुला भएको युएईको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

तर ओमानले दुबई, दोहा र बहराइनका उडानहरू यहि मार्च ३१ तारिखसम्मका लागि स्थगित गरेको छ । कतार एअरले पनि आफ्नो देशको हवाई क्षेत्र बन्द रहेका कारण यो क्षेत्रमा उडानहरू गरेको छैन ।

कतारको वायुसेवाले १८ देखि २८ मार्चसम्म निश्चित उडानहरू गर्ने कार्यतालिका बनाएको छ । टर्किश एअरलाइन्सले पनि बहराइन, साउदी अरब, इरान, इराक, कतार र युएईका गन्तव्यमा हुने उडानहरू स्थगन गरेको छ ।

एअर क्यानडा, डेल्टा र विज् एअरले पनि मार्च अन्त्यसम्मका लागि तेलअभिभमा हुने उडानहरू स्थगन गरेका बीबीसीले जनाएको छ ।

सम्बन्धित खबर