२०८२ चैत २ सोमवार , ०२:१२:३९ बजे

Sajhamanch
'

राष्ट्रिय प्रकृति संरक्षण कोषमा आफ्नै स्वकीय सचिवलाई नियुक्त गर्ने प्रधानमन्त्रीकाे निर्णय विवादमा

सोमवार, चैत २, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषमा आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय विवादमा परेको छ ।

यो निर्णय नवयुवा आन्दोलनको मर्म विपरीत भएको भन्दै अभियन्ताहरूले विरोध गरेका छन् । जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले वर्तमान सरकारले पनि तत्कालीन सरकारले झैँ गलत नजिर स्थापित गरेको टिप्पणी गर्नुभएको छ ।

यस्तै पूर्वमन्त्री महावीर पुनले प्रधानमन्त्रीले आफ्नै प्रमुख स्वकीय सचिवलाई नियुक्ति गर्नु गलत भएको बताउनुभएको छ । पुनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको इज्जत धुलोमा नमिलाउने भए त्यो पद नलिन श्रेष्ठलाई आग्रहसमेत गर्नुभएको छ । यस्तै किसिमको नातावाद र कृपावादले पुराना दलहरू खत्तम भएका र यही पाराले काम गर्ने हो भने नयाँ दलहरूको पनि उस्तै हविगत हुने उहाँको टिप्पणी छ ।

कोषका संरक्षकसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले हिजो आफ्नै स्वकीय सचिव श्रेष्ठलाई आउँदो ५ वर्षका लागि कोषको अध्यक्षमा मनोनित गर्नुभएको हो ।

सम्बन्धित खबर