२०८२ चैत १ आइतवार , ०७:१८:४२ बजे

Sajhamanch
'

इरान युद्धमा एआईको प्रयोग : लक्ष्य छनोटदेखि आक्रमणसम्मको भूमिका विवादमा

आइतवार, चैत १, २०८२

झापा ।  अमेरिका–इजरायल र इरानबीच चलिरहेको युद्धमा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग भएको खुलेको छ । अन्तर्राष्ट्रिय सैन्य इतिहासमा नयाँ अध्यायका रूपमा देखा परेको एआईको प्रयोगले युद्धभूमिमा व्यापक र निर्णायक भूमिका खेलिरहेको अमेरिकी पत्रिका वासिङ्टन पोस्टले जनाएको छ ।

वासिङ्टन पोस्टका अनुसार अमेरिकी सेनाले युद्ध शुरू भएको पहिलो २४ घण्टामै १ हजार लक्ष्यमा आक्रमण गर्न एआईको सहारा लिएको थियो । यस्तै एनबीसी न्युजका अनुसार अमेरिकी सेनाले प्यालान्टिर कम्पनीको एआइ प्रणाली मार्फत आक्रमणकालक्ष्यहरू पहिचान गरिरहेको छ, जो आंशिक रूपमा एन्थ्रोपिकको क्लड मोडेलमा आधारित छ ।

अहिलेसम्म ५ हजार ५ सयभन्दा बढी लक्ष्यमा आक्रमण भइसकेको छ । कमान्डरहरूले एआईले तथ्याङ्क विश्लेषण गर्ने र अन्तिम निर्णय मानिसकै हातमा रहने बताए पनि यो दाबी विवादमुक्त छैन । मिनाब शहरको एक बालिका विद्यालयमा मिसाइल हमला भई १ सय ६५ जनाको ज्यान गएको घटनामा विशेषज्ञहरूले एआईको पुरानो डेटालाई जिम्मेवार ठहर्याएका छन् ।

अर्कातिर एन्थ्रोपिकले आफ्नो मोडेल स्वायत्त हतियारमा प्रयोग नगर्ने अडान लिएपछि ट्रम्प प्रशासनले कम्पनीलाई कालोसूचीमा राखेको छ । यही विवाद लिएर कम्पनी अदालत पुगेको छ । यो युद्धले एआईको सैन्य अपरिहार्यता र निर्दोष जीवनमाथिको खतराबारे विश्वव्यापी बहस चर्को बनाएको छ ।

सम्बन्धित खबर