२०८२ चैत १ आइतवार , ०६:४८:१२ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्यो

आइतवार, चैत १, २०८२

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले बढेर २८२४.९० विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, लगानी, जीवन बिमा र म्यूचुअल फण्ड समूहको शेयर घटेको छ भने बाँकी समूहको बढेको छ । व्यापार समूहमा भने झन्डै तीन प्रतिशतको वृद्धि भयो ।

आज सोलु हाइड्रोपावर र साल्पा विकास बैंकको शेयरमा सकरात्मक सर्किट लागेको छ । सोलु हाइड्रोपावरको शेयर आइपोओ बाँडफाँडपछि आजदेखि कारोबार शुरू भएको हो । समग्रमा बजार बढेको दिन दरमखोला जलविद्युत् आयोजनाको शेयर भने १० प्रतिशत घटेर नकरात्मक सर्किट लागेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम सामान्य घटेको छ । यस अघि बिहिवार १४ अर्ब ५५ करोड रुपैयाको शेयर कारोबार भएकोमा आज ३५० वटा कम्पनीका ३ करोड ९५ लाख कित्ता शेयर १४ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित खबर