२०८२ फागुन ३० शनिवार , १२:३६:१० बजे

Sajhamanch
'

पहाडी र हिमाली थोरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना

शनिवार, फागुन ३०, २०८२

काठमाण्डौ ।  पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । बाँकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भागलगायत बाँकी प्रदेशको हिमाली भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

यसअघि हिजो बेलुका कास्की, लमजुङ, तनहुँ, चितवन, इलाम, संखुवासभा लगायतका ठाउँमा ठूलो पानी परेको थियो । काठमाण्डौ उपत्यकासहित अरु केही ठाउँमा छिटपुट वर्षा भयो ।महाशाखाका अनुसार अझै केही दिन मौसम बदली हुने र पानी पर्ने सम्भावना छ ।

सम्बन्धित खबर