२०८२ फागुन २९ शुक्रवार , ०२:४६:४५ बजे

Sajhamanch
'

ट्रक र कन्टेनर ठोक्किँदा एक जनाको मृत्यु

शुक्रवार, फागुन २९, २०८२

मकवानपुर । नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।

शुक्रवार, फागुन २९, २०८२ | समाज

सम्बन्धित खबर