२०८२ फागुन २७ बुधवार , ०४:५०:५२ बजे

Sajhamanch
'

चीन र उत्तर कोरियाबीच ६ वर्षपछि रेल सेवा फेरि शुरू हुँदै

बुधवार, फागुन २७, २०८२

झापा । चीन र उत्तर कोरियाबीच ६ वर्षपछि यात्रुवाहक रेल सेवा भोलिदेखि फेरि शुरू हुने भएको छ । यसले कोभिड–१९ महामारीका कारण ६ वर्षदेखि बन्द रहेको यातायात सम्पर्कलाई पुनर्जीवित गर्ने चीनको रेल सञ्चालकले जनाएका बीबीसीले जनाएको छ ।

बेइजिङ र प्योङयाङबीचको रेल सेवा हप्तामा चार पटक सञ्चालन हुनेछ भने चिनियाँ सीमावर्ती शहर डान्डोङ र उत्तर कोरियाली राजधानीबीचको सेवा दैनिक सञ्चालन हुने चाइना रेल्वेको सूचनामा उल्लेख छ । रेल सेवा चीन र उत्तर कोरियाबीचको मित्रतालाई बलियो बनाउने गतिशील कडी भएको चाइना रेल्वेले भनेको छ ।

चीन कोरोना महामारीअघिको अवस्थामा फर्किसकेको भए पनि उत्तर कोरियाले सन् २०२४ देखि सीमित सङ्ख्या पर्यटकलाई प्रवेश गर्न अनुमति दिएको छ ।

चाइना रेल्वेका अनुसार बेइजिङ–प्योङयाङ सेवाका निश्चित रेल डिब्बाहरूमा अन्तर्राष्ट्रिय यात्रुलाई अनुमति दिइएको छ । तर रेलका टिकटहरू अझै व्यवसायी वा पर्यटकका लागि उपलब्ध छैनन् । वैध भिसा भएकाहरूले मात्र टिकट किन्न सक्नेछन् ।

सम्बन्धित खबर