२०८२ फागुन २७ बुधवार , ०४:२१:२० बजे

Sajhamanch
'

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

बुधवार, फागुन २७, २०८२

काठमाडौं । जापान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई १ करोड २० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सचिवालय र जापान सरकारबीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले यो रकम प्रदान गर्न लागेको हो ।

सार्क सचिवालयका अनुसार सहयोगसम्बन्धी समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो कार्यक्रमले जापान र सार्क देशबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास छ ।

बुधवार, फागुन २७, २०८२ | समाज

सम्बन्धित खबर