२०८२ फागुन २७ बुधवार , ०१:३३:३२ बजे

Sajhamanch
'

समानुपातिक मतगणना अन्तिम चरणमा, इलाम-१ र गोरखा-१ को गणना जारी

बुधवार, फागुन २७, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगले इलाम–१ र गोरखा–१ मा जारी समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जनाएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले भन्नुभयो, ‘इलाम–१ र गोरखा–१ को गणना अब एकछिनमा सकिँदैछ ।’

मतगणनाको पछिल्लो परिणामअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ ।

प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकतर्फ पाएको आयोगले जनाएको छ ।

यस्तै प्रत्यक्षतर्फ सात सिटसहित चौथौ भएको नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार १७१ मत पाएको छ । पाँचौ भएको श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले तीन लाख ७४ हजार ३१४ मत ल्याएको छ ।

समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख ३२ हजार ९३२ मतहरू गणना भइसकेका छन् । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।

यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरू यसपल्ट निकै पछि परेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले एक लाख ७४ हजार ३१४ मत पाएको छ ।

त्यस्तै जनमत पार्टीले ७८ हजार ९५३ मत ल्याएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ ।

तराई–मधेश केन्द्रित विभिन्न दलहरूले गठबन्धन गरेर निर्वाचनमा प्रतिष्पर्धा गरेको एकल चिन्ह चकिया (जाँतो) ले समानुपातिकतर्फ ६१ हजार ५३३, नेपाल कजदुर किसान पार्टीले ४२ हजार २३५ मत पाएका छन् ।

राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३१ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाको पक्षमा २९ हजार ४३६ मत खसेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले समानुपातिकतर्फ २३ हजार ८९१ मत ल्याएको छ ।

सम्बन्धित खबर