२०८२ फागुन २६ मङ्गलवार , ०४:००:४६ बजे

Sajhamanch
'

हाइटीमा ड्रोन आक्रमणमा १ हजार २०० जनाभन्दा धेरैको ज्यान गयो : एचआरडब्ल्यू प्रतिवेदन

मङ्गलवार, फागुन २६, २०८२

झापा । हाइटीमा भएको ड्रोन आक्रमणमा ६० सर्वसाधारणसहित १ हजार २०० जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ‘ह्युमन राइट्स वाच’ (एचआरडब्ल्यू) ले जनाएको छ ।

हाइटीका सुरक्षा बलहरूले सशस्त्र गिरोहहरूलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा १७ बालबालिका र ४३ वयस्क नागरिक गरी एक हजार दुई जनाभन्दा धेरैको ज्यान गएको प्रतिवेदनलाई उद्धृत गर्दै अलजजीराले जनाएको छ ।

आक्रमणमा सात सय ३८ जना घाइते भएका छन् । नोभेम्बरदेखि जनवरीसम्म अघिल्ला तीन महिनाको तुलनामा ड्रोन आक्रमणको सङ्ख्या झन्डै दोब्बर भएको छ ।

गएको मार्चदेखि भेक्टस ग्लोबलको सहयोगमा हाइटीका सुरक्षा बलहरूले राजधानी पोर्ट–औ–प्रिन्सको घनाबस्ती भएका भागहरूमा विस्फोटक पदार्थले बेरिएका क्वाडकोप्टर ड्रोनहरू प्रयोग गरेर गिरोह विरोधी अभियानहरू सञ्चालन गर्दै आएका छन् । भेक्टस ग्लोबल ब्ल्याकवाटरका संस्थापक एरिक प्रिन्सको नेतृत्वमा रहेको एक निजी अमेरिकी सैन्य कम्पनी हो ।

केन्या, अमेरिका र संयुक्त राष्ट्रसङ्घको समर्थनका बावजुद सशस्त्र गिरोहहरू राजधानीभन्दा बाहिर धेरै विस्तार भएका छन् र सुरक्षा बलहरूले अझै पनि प्रमुख गिरोह नेतालाई पक्राउ गर्न सकेका छैनन् । गिरोहहरूले हजारौँको हत्या गरेका छन्, १० लाखभन्दा धेरैलाई विस्थापित गरेका छन् र अर्थतन्त्रलाई ध्वस्त पारेका छन् ।

सम्बन्धित खबर