
धनगढी । सुदूरपश्चिममा चुनावमा उठेका २०६ जना मध्ये १४४ जनाको जमानत जफत भएको छ।
प्रदेशका नौ वटै जिल्लाका १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा चुनावमा उठेका २०६ जनाले २ हजार मत कटाउन नसक्दा उनीहरुको जमानत जफत भएको हो।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा ७५ जनाको उम्मेदवारी रहेकोमा ५८ जनाको जमानत जफत भएको छ।
यस्तै कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा ५५ जना चुनावी मैदानमा रहेका थिए। जस मध्ये ४२ जनाको जमानत जफत भएको छ।
डडेल्धुरामा १३ जना चुनावमा उठेकोमा ९ जनाको जमानत जफत भएको छ। बैतडीमा ११ जनामा चुनाव उठेका मध्ये ६ जनाको जमानत जफत भएको छ।
दार्चुलामा ११ जना उम्मेदवार रहेकोमा ७ जनाको जमानत जफत भएको छ। डोटीमा ९ जना उम्मेदवार रहेकोमा ५ जनाको जमानत जफत भएको छ।
बझाङमा ७ जना चुनावमा उठेकोमा ३ जनाको जमानत जफत भएको छ।
अछाम–१ मा ८ जना चुनावमा उठेका मध्ये ५ जनाको जमानत जफत भएको छ। यस्तै बाजुरमा ८ जना उम्मेदवार मध्ये ४ जनाको जमानत जफत भएको हो।


