२०८२ फागुन २६ मङ्गलवार , १२:४९:२० बजे

Sajhamanch
'

अन्तरिक्ष प्रविधिमा चीन अर्को सफलता नजिक

सोमवार, फागुन २५, २०८२

झापा । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको लङ मार्च–एट ए वाई एट क्यारियर रकेट प्रक्षेपणका लागि तयार भएको छ ।

रकेटलाई हाइनान प्रान्तमा रहेको प्रक्षेपण स्थलमा सुरक्षित राखिएको र चाँडै प्रक्षेपणको तालिका सार्वजनिक गर्ने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

लङ मार्च–एट ए लङ मार्च–एट श्रृङ्खलाभित्रको सुधारिएको मोडेल हो । यसले ७ टन तौलको पेलोड ७ सय किलोमिटर कक्षमा पुर्‍याउन सक्ने क्षमता राख्छ ।

उच्च घनत्व र द्रुत सेटेलाइट प्रक्षेपणका लागि विशेष रूपमा डिजाइन गरिएको यस रकेटले चीनको अन्तरिक्ष प्रविधि र व्यावसायिक अन्तरिक्ष मिशनमा महत्त्वपूर्ण योगदान दिने विश्वास छ ।

सन् २०२५ को फेब्रुअरीमा यसको पहिलो उडान भएदेखि यस मोडेलले सात सफल मिशन पूरा गरिसकेको छ । यसले चीनको सेटेलाइट इन्टरनेट कन्स्टेलेसन निर्माणको मुख्य प्रक्षेपण यानको रूपमा काम गरिरहेको छ ।

चीनको योजना अनुसार लङ मार्च–८ श्रृंखलाबाट २०२६ मा झन्डै १५ प्रक्षेपण सम्पन्न हुनेछन्, जसले चीनको स्पेस नेटवर्क विस्तारमा ठूलो योगदान पुर्‍याउनेछ ।

विशेषज्ञहरूको भनाइ अनुसार लङ मार्च–एट ए वाई एट रकेटको उच्च पेलोड क्षमता र द्रुत प्रक्षेपण क्षमताले सानो र मध्यम आकारका सेटेलाइटहरूलाई छिटो र सुरक्षित रूपमा कक्षा स्थानमा पुर्‍याउन सक्ने सुविधा प्रदान गर्दछ । यसले चीनको अन्तरिक्ष प्रविधि र व्यावसायिक स्पेस मिशनमा नयाँ उचाइ थप्नेछ ।

सम्बन्धित खबर