२०८२ फागुन २५ सोमवार , ११:३२:१८ बजे

Sajhamanch
'

इरानले खामेनेका छोरा मोज्तबालाई सर्वोच्च नेता घोषणा गरेको दाबी

सोमवार, फागुन २५, २०८२

झापा । इरानमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको ठाउँमा उहाँका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि यसबारे पूर्णरूपमा अझै सार्वजनिक नगरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका र इजरायलले गएको हप्ता इरानमाथि आक्रमण गर्दा सर्वोच्च नेता खामेनी मारिएका थिए । त्यसपछि इरानले मध्यपूर्वभरि अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरिरहेको छ ।

अमेरिकी सेनाको मध्यपूर्व कमान्डका अनुसार इरानको प्रारम्भिक आक्रमणमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या ७ पुगेको छ । युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा पनि देखिन थालेको छ । विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरु प्रभावित भएपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

लेबनानमा इजरायली हवाई आक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या झन्डै ४०० पुगेको त्यहाँको स्वास्थ्य स्वास्थ मन्त्रालयले दाबी गरेको छ ।

इरानको राजधानी तेहरानमा तेल भण्डारण डिपोहरूमा भएको ठूला आक्रमणपछि आगलागी भएको खबरमा उल्लेख छ ।

मध्यपूर्वभर फैलिएको यो युद्धले क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढाउने चिन्ता बढेको विश्लेषकहरूले बताएका छन् ।

सम्बन्धित खबर