२०८२ फागुन २४ आइतवार , ०४:०२:१७ बजे

Sajhamanch
'

उपत्यकाका १५ सिटमा रास्वपाको ‘क्लिन स्वीप’

आइतवार, फागुन २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकामा क्लिनस्विप गरेको छ । काठमाडौंंका १० सहित ललितपुरका ३ र भक्तपुरका २ गरी १५ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् ।

पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल ३९ हजार ४९१ मतसहित विजयी हुनुभयो ।

काठमाडौं क्षेत्र नं. १ मा रास्वपाकी रन्जु न्यौपाने (दर्शना), २ मा रास्वपाका सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, त्यसैगरी काठमाडौं क्षेत्र नं. ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र काठमाडौंको क्षेत्र नं. १० मा (रास्वपा) कै प्रदीप विष्ट निर्वाचित हुनुभयो ।

त्यस्तै ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जन, ललितपुर–२ बाट जगदीश खरेल, ललितपुर–३ बाट रास्वपाकी डा.तोसिमा कार्की विजयी हुनुभएको हो । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पकट क्षेत्र मानिने भक्तपुर १ र २ मा रास्वपाका उम्मेदवार विजयी हुँदा नेमकिपाले पुरानो विराशत जोगाउन सकेन ।

२०४८ सालदेखि भक्तपुर–१ नेमकिपा, कांग्रेस र एमालेले जित्दै आएका थिए । यो क्षेत्रमा रास्वपाका रुकेश रञ्जित र भक्तपुर–२ मा राजीव खत्री विजयी हुनुभएको छ ।

सम्बन्धित खबर