२०८२ फागुन २३ शनिवार , १२:२०:११ बजे

Sajhamanch
'

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले जिते

शनिवार, फागुन २३, २०८२

रसुवा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रसुवा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । आचार्यले १० हजार६५६ मत ल्याएर जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर वसन्त भट्टले ५ हजार ५७१ मत ल्याए । देशभर पार्टीका अन्य उम्मेदवारको कमजोर मत आइरहेका बेला आचार्यले रसुवामा आफ्नो जित निकालेका हुन् ।

आचार्य रसुवाका लागि परीक्षित र चुनावी रणनीतिका चतुर नेता मानिन्छन् । उनको मुख्य शक्ति नै उनको विगतको जितको शृङ्खला र पारिवारिक प्रभाव हो । २०३३ साल चैतमा रसुवाको लहरेपौवामा जन्मिएका आचार्यले प्रवीणता प्रमाण पत्र तहमात्र पूरा गरेका छन् ।

२०४८ सालबाट विद्यार्थी राजनीतिमा आबद्ध आचार्य २०७८ मा नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

संसद्को सार्वजनिक लेखा समितिको सदस्य पनि भएर काम गरेको उनको अनुभव छ । आचार्यले २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुईपटक निर्वाचित भइसकेका छन् । २०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट आचार्यले जित निकालेका थिए ।

सम्बन्धित खबर