
दमक । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत अहिले झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएको र मतपेटिका संकलनको काम सुरु भएको छ ।
यस निर्वाचनमा सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र नै झापा ५ हो । सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको जनाइएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार आजै साँझ सर्वदलीय बैठक बस्नेछ र उक्त बैठकको निर्णयपछि मतगणना सुरु गरिने छ ।
अहिले मतदान केन्द्रहरुमा मतपेटिका सिल गर्ने काम भइरहेको र तत्कालै निर्वाचन कार्यालय पुर्याइने बताइएको छ ।


