बिर्तामोड । आज बिहान साढे ११ बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडिबाट पक्राउमा परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा रिहा भएका छन् ।
फलफूल लाइनमा चुनावी सामग्रीसहित प्रचारप्रसार गरिरहेको भनी पक्राउ परेका कन्दङवाले आफूले प्रचारप्रसार नगरी आफ्नो गाडीबाट पम्प्लेट झरेको स्पष्टीकरण दिएको प्रहरीको भनाई छ । यस्तै आफूले पैसा बाँडेको भन्ने आरोपको पनि कन्दङवाले खण्डन गरेका छन् ।


