
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नु भएको छ । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गर्नु भएको हो ।
सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् ।
पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।
जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उहाँले सिंगापुरमै उपचार गराउनु भएको थियो ।
देउवा यसपटक उम्मेदवार पनि नभएकोले चुनावकै मुखमा विदेश प्रस्थान गर्नु भएको हो । डडेल्धुराबाट यसपटक कांग्रेसबाट नैनसिंह महरले टिकट पाउनु भएको छैन ।


