२०८२ फागुन १४ बिहिवार , १२:५०:२९ बजे

Sajhamanch
'

शून्य तापक्रममा पनि मुस्ताङमा चुनावी सरगर्मी बढ्यो

बिहिवार, फागुन १४, २०८२

मुस्ताङ । तापक्रम शून्यमा झरेर चिसो अत्यधिक बढेपनि मुस्ताङमा चुनावी सरगर्मी बढ्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त छन् ।

अघिल्लो महिनासम्म माथिल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको थियो भने अहिले पनि त्यहाँ माइनस १० डिग्री र तल्लो मुस्ताङमा माइनस ३ डिग्री तापक्रम छ । प्रतिकूल मौसमका बाबजुद घाँसादेखि नेपाल–चीन सिमानाको कोरला नाकासम्म चुनावी माहोल तातिएको छ ।

जिल्लामा उम्मेदवारी दिएका ८ दलमध्ये मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अन्य दलहरूले पनि चुनाव प्रचारलाई तीव्र बनाएका छन् ।

उम्मेदवारहरूले कोरला नाका पूर्वाधार, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, सडक सञ्जाल विस्तार तथा जलवायु संकट न्यूनीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । अलपत्र योजनालाई अघि बढाउने, युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारी व्यवस्थापन, तालिम तथा सुरक्षा योजना कार्यान्वयन भइसकेको छ । चुनावको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

सम्बन्धित खबर