२०८२ फागुन १२ मङ्गलवार , ०३:४०:४५ बजे

Sajhamanch
'

अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने एक नेपालीको प्रहरीको गोली लागेर ज्यान गयो

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । अमेरिकाको भर्जिनिया फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका दुई सदस्यको हत्यामा संलग्न एक नेपालीको प्रहरीको गोली लागेर ज्यान गएको छ ।

मान्टुआ नजिकैको अपार्टमेन्टभित्र श्रीमती र छोरीको हत्या गरेका छत्रबहादुर थापालाई फेयरफ्याक्स काउन्टीका प्रहरीले गोली हानेका हुन् । ५० वर्षीय थापाले श्रीमती ५१ वर्षीय बिन्दा र छोरी ३१ वर्षीय ममताको हत्या गरेका नेपयोर्क डट कमले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार घटनास्थल पुग्दा थापाले ३५ वर्षीय ज्वाइँ सन्तोषकुमारलाई आक्रमण गर्दै थिए । उनीसँग भएको हतियार बुझाउन पटक–पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका र थापाको ज्यान गएको खबरमा उल्लेख छ ।

अपार्टमेन्टभित्र एक बच्चा पनि रहेको तर उनी शकुशल अवस्थामा भेटिएका छन् । उनलाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिने जनाएको छ ।

सम्बन्धित खबर