
झापा । अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा धेरै उडान रद्द भएका छन् । हिमपातले लाखौँ मानिस प्रभावित भएका छन् ।
शक्तिशाली हिमआँधीका कारण यातायात, विद्युत् र हवाई सेवामा अवरोध आएको बीबीसीले जनाएको छ । रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा झन्डै ३३ इन्चसम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । साथै न्यूयोर्कको सेन्ट्रल पार्कमा १९ इन्चभन्दा धेरै हिउँ जमेको छ । यसबाट यात्रामा जोखिम रहेको भन्दै राज्यले चेतावनी दिएको छ ।
पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा धेरै घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट वञ्चित भएका छन् । विशेषगरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा धेरै प्रभावित भएका छन् ।


