२०८२ फागुन ११ सोमवार , १०:१५:०३ बजे

Sajhamanch
'

एमालेले मात्र देश सम्हाल्न सक्छ : अध्यक्ष ओली

सोमवार, फागुन ११, २०८२

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा एमालेमा मात्र रहेको बताउनु भएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी चुनाव पछि एमालेले नै देशलाई सम्हाल्ने पनि बताउनु भयो ।

देशमा भएको तोडफोड, आगजनी र विध्वङ्सबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी नेकपा एमाले जनताकै बीचमा रहेको बताउनु भयो ।

देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने ओलीले बताउनु भयो । उहाँले जनताका बीचमा गएर काम गर्ने, देशलाई समृद्धिको युगमा प्रवेश गराउने, शिक्षा–स्वास्थ्य–रोजगारी जस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृद्धि गर्ने पार्टी कुन हो नेपाली जनताले चिनिसकेको समेत स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेद्वार हुनुहुन्छ । अध्यक्ष ओलीको गृहनगरबाट नै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको हो ।

सम्बन्धित खबर