२०८२ फागुन ११ सोमवार , ०४:११:१२ बजे

Sajhamanch
'

पूर्वी मलेसियामा शक्तिशाली भूकम्प

सोमवार, फागुन ११, २०८२

झापा । मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा गएराति ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ ।

अमेरिकी भू–भौतिकी विज्ञहरूका अनुसार भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ झन्डै एक सय किलोमिटर टाढा र ६१९.८ किलोमिटर गहिराइमा रहेको छ । भूकम्प राति १२ बजेर ५७ मिनेटमा गएको र अमेरिकाको भूकम्प अध्ययन केन्द्रले यसबाट ठूलो क्षति नभएको जनाएको छ ।

अमेरिकाको सुनामी चेतावनी केन्द्रले पनि गहिराइको कारणले सुनामीको जोखिम नहुने जनाएको छ । मलेसियाको मौसम विज्ञान विभागले भूकम्पको तीव्रता ६.८ मापन गर्दै यसलाई नजिकबाट निगरानी गरिने जनाएको छ । सबाहको पश्चिमी तट र सरावाक राज्यका केही क्षेत्रमा पनि कम्पन महसुस भएको समाचारसंस्था एएफपीले जनाएको छ ।

सम्बन्धित खबर