२०८२ फागुन ११ सोमवार , ०२:४१:०६ बजे

Sajhamanch
'

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस फर्किए

सोमवार, फागुन ११, २०८२

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नु भएको छ । उहाँरास्वपा परित्याग गरेसँगै कांग्रेस फर्किउनु भएको हो।

रास्वपा मकवानपुरको संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेस सभापति गगन थापाले सर्लाही(४ बाट पार्टीमा स्वागत गरेको कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिनुभयो । उहाँसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर(२ का चुनावी संयोजक नीराजन बर्तौला काङ्ग्रेसमा फर्किउनु भएको छ ।

गत २०७९ को निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका उनी १२ हजार ५९ मतसहित तेस्रो भएका थिए । रास्वपा परित्याग गरेका पराजुलीले वर्तमान नेतृत्वले रास्वपाले स्थापना कालमा ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता लत्त्याएको आरोप लगाउनु भएको छ ।

यस्तै उहाँले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएपछि बाध्य भएर पार्टी छोड्नुपरेको दाबी गर्नु भएको छ ।

संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्याङ्कन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको पराजुलीको भनाइ छ । यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उहाँले बताउनु भएको छ।

सम्बन्धित खबर