२०८२ फागुन १० आइतवार , ०६:४२:१० बजे

Sajhamanch
'

पाकिस्तानी आक्रमणबाट अफगानिस्तानमा कम्तीमा २० जनाको ज्यान गयो

आइतवार, फागुन १०, २०८२

झापा । पाकिस्तानले गरेको हवाई आक्रमणबाट कम्तीमा २० जनाको ज्यान गएको अफगानिस्तानले जनाएको छ । यसअघि पाकिस्तानले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा रहेका सात आतंकवादी शिविरमा हवाई आक्रमण गरेको जानकारी गराएको थियो ।

अफगानिस्तानको तालिबान सरकारले आक्रमणमा महिला र बालबालिका मारिएको दाबी गरेको छ । तालिबानले पाकिस्तानी आक्रमणविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । तालिबान सरकारको रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा नङ्गरहार र पक्तिका प्रान्तको ’नागरिक इलाका’मा आक्रमण गरेको उल्लेख छ ।

पाकिस्तानले यो कारबाही हालै आफ्नो देशमा भएको आत्मघाती आक्रमणको जवाफमा भएको बताएको छ । अफगानिस्तानको तालिबान सरकारलाई कैयौंपटक ती आतंकवादी समूहविरुद्ध कारबाही गर्न आग्रह गरेको तर त्यसमा केही पनि नगरेको कारण आफैले कारबाही गरेको पाकिस्तानको दाबी छ ।

दुई हप्ताअघि इस्लामाबादको एक शिया मस्जिदमा भएको आत्मघाती विस्फोटमा कम्तीमा ४० जनाको ज्यान गएको थियो भने १ब्

सम्बन्धित खबर